अवेरनेस इन्टरनेसनल एकेडेमीमा मनाइयो १० औं बाल उत्सव

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर ३१ शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीले (एआईए) बालबालिकाको प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्य अनुरुप १० औं बाल उत्सव मनाएको छ । बालबालिकाको मनोबल उच्च राख्ने उद्देश्य शनिबार विद्यालय परिसरमा आयोजना गरिएको सो बाल उत्सव कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गरिरहेका बालबालिकाहरुले सागिंतिक प्रस्तुत गरेका थिए । सागिंतिक कार्यक्रममा तीनसय बढी छात्र–छात्राहरुको सहभागीता रहेकोे थियो भने अभिभावकले आनन्द र हर्षोउल्लासपूर्वक आफ्ना नानीहरु प्रतिभाको कदर गर्दै सो कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख आतिथीका रुपमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले आजका बालबालिका भविष्यका कर्णाधार भएको बताउँदै एआईएको निरन्तर सफलता र क्रियाशीलताकोे प्रशंसा गर्नुभयो ।

विद्यालयका संस्थापक तथा प्राचार्य विष्णुप्रसाद अर्यालले ‘वार्षिक बाल–उत्सव’ आयोजना गर्नुको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो । बालबालिका भोलिको कर्णाधार हुन ऊनीहरुमा भएको प्रतिभा अभिभावकको वीचमा राख्न पाउँदा हर्ष विभोर भएको बताउदै ‘वार्षिक रुपमा बालबालिकालाई लक्षित गरि वार्षिक रूपमा बाल–उत्सव’ आयोजना गर्दै आएको र अगामी दिनमा निरन्तरता दिदै जाने उहाँले बताउनु भएको थियो ।

विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विमल घिमिरेले एआईएले वर्षभरि सम्पन्न गरेका शैक्षिक तथा विविध क्रियाकलापहरू एवम् विद्यालयले प्राप्त गरेका प्रमुख उपलब्धिहरूका बारेमा संक्षिप्तमा जानकारी गराउनुभएको थियो ।

विद्यालयका संस्थापक तथा निर्देशक कृष्णप्रसाद गैरेले सञ्चालन गरेको बाल–उत्सव कार्यक्रममा स–साना भाइबहिनीहरूबाट करिब दुई दर्जन सांगीतिक प्रस्तुतिका अतिरिक्त समसामयिक सामाजिक सवालमा केन्द्रित एकांकी नाटकहरूका साथै विशेष प्रतिभाहरूसमेत प्रदर्शन भएका थिए । समारोहमा उपस्थित अभिभावकहरुले पनि विद्याथीहरुका गीत, नृत्य र नाटकका माध्यमबाट भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रमको अवधिभर विविध प्रकारका परम्परागत तथा आधुनिक बाजाहरू बजाउने कार्यमा पनि विद्यालयकै छात्रछात्राहरूको नेतृत्वदायी भूमिका थियो । कार्यक्रमकै अवसर पारेर शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा दुईसम्म उत्कृष्ट नतिजा हासिल गर्ने नानीबाबुहरूलाई सम्मान गरिएको थियो ।

विद्यालय स्थापनाकालदेखि नै हरेक वर्ष जुनियर तथा सिनियर गरी दुईपटक ‘वार्षिक रूपमा बालउत्सव’ तथा अभिभावक भेला आयोजना गर्दै आएको छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष हरी ज्ञवाली, विद्यालयका संस्थापक निर्देशक चेतनाथ कणेल, विद्यालयका संस्थापक उपप्राचार्य खगेश्वर गिरी तथा संस्थापक निर्देशक कृष्णप्रसाद गैरे, कार्यकारी निर्देशक शैलेन्द्र झालगायतले बोल्नुभएको थियो ।

Previous Post Next Post