असार १५ मा केयरफर्स्ट डेन्टलको विशेष अफर, दाँत चेकअप निःशुल्क

काठमाडौं । शंखमूल–३१, काठमाडौंस्थित केयरफर्स्ट डेन्टल क्लिनिकले असार १५ को अवसर पारेर विशेष छुट योजना सार्वजनिक गरेको छ।

डेन्टल क्लिनिकले सेवाग्राहीलाई लक्षित गर्दै विभिन्न दन्त, मुख र गिँजा सम्बन्धी उपचार सेवामा आकर्षक छुटको घोषणा गरेको हो।

क्लिनिकका अनुसार अफर अन्तरगत विशेषज्ञ चिकित्सकहरुबाट दाँत चेकअप सेवा निःशुल्क प्रदान गरिनेछ भने स्केलिङ सेवामा ५० प्रतिशतसम्म छुट दिइनेछ।

त्यसैगरी ब्रेसेस तथा डेन्टल इम्प्लान्ट सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। अन्य सम्पूर्ण दन्त उपचार सेवामा समेत २५ प्रतिशत छुट उपलब्ध हुने क्लिनिकले जनाएको छ।

असार १५ विशेष योजना अन्तरगत “आत्मविश्वासी मुस्कान उपहार दिनुहोस्” भन्ने सन्देशसहित सेवाग्राहीलाई गुणस्तरीय दन्त सेवा प्रदान गर्ने उद्देश्य रहेको क्लिनिकका सञ्चालक डा. सुवास बञ्जाडेले बताउनुभयो । सेवा लिन इच्छुकले अग्रिम बुकिङ गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।

Previous Post Next Post