काठमाडौं । नेपाली मौलिक तीज संस्कृति, माइतीप्रतिको चेलीबेटीको आत्मीयता र श्रीमान–श्रीमतीबीचको रमाइलो सम्बन्धलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको नयाँ तीजगीत 'कम्मरु भाँचम्ला' सार्वजनिक भएको छ ।
गायक तथा सर्जक मोतिराज खनाल र गायिका रेखा पोख्रेलको स्वरमा सजिएको गीतमा गायक बैकुण्ठ महतको समेत स्वर रहेको छ ।
गायक खनालको अध्यक्षतामा आयोजना गरिएको विमोचन कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसीले 'कम्मरु भाँचम्ला' को औपचारिक विमोचन गर्नुभएको थियो ।
'कम्मरु भाँचम्ला' को शब्द मोतिराज खनाल र किरण पन्थीले लेख्नुभएको हो भने संगीत स्वयं मोतिराज खनालकै रहेको छ । गीतको संगीत संयोजन लक्ष्ॉ प्रकाश मल्लले गर्नुभएको छन् । कृष्ण बाजुरालीले रेकर्डिङ तथा मिक्सिङको जिम्मेवारी सम्हालेको गीतको रेकर्डिङ द म्युजिक एरा स्टुडियोमा गरिएको हो ।
गीतको भिडियोमा भुवन के. पोखरेल, जुना कार्की, भगवान् भण्डारी र रेणुका बरालको अभिनय तथा नृत्य रहेको छ । शिवाजी क्षेत्रीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिताले तीजको मौलिक रंगलाई थप जीवन्त बनाएको छ ।
भिडियोको छायाङ्कन सुनिल राउत तथा टिमले गरेको हुन् भने विनोद बमले भिजुअल एडिट तथा कलरको जिम्मेवारी सम्हाल्नुभएका छ । मेकअपमा शंकर सुमनको योगदान रहेको छ ।
गायक खनालले तीजको मौलिकता र नेपाली संस्कृतिलाई जोगाउँदै सबै उमेर समूहले रमाइलोसँग सुन्न र नाच्न सक्ने गीत निर्माण गर्ने प्रयास गरिएको बताउनुभएको छ ।
'कम्मरु भाँचम्ला' को म्युजिक भिडियो गायक मोतिराज खनालको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ सार्वजनिक गरिएको छ । गीतले यस वर्षको तीजमा मौलिक तीजगीतको स्वादसँगै दर्शकलाई छमछमी नचाउने अपेक्षा गरिएको छ ।



.jpeg)