काठमाडौं– शंखमूलस्थित ‘अवेरनेस इन्टरनेसनल एकेडेमी’ (एआईए) ले अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता २०८२ मा तेस्रो स्थान हासिल गरेको छ ।
शंखमुलमै रहेको नेरीक एकेडेमीले शनिबार आयोजना गरेको अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता २०८२ मा उपत्यकाका २६ विद्यालयहरूले सहभागिता जनाएका थिए ।
विद्यार्थीहरूको सांगीतिक तथा सांस्कृतिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा सहभागी समूहहरूले तीज विशेष गीतमा आधारित अधिकतम पाँच मिनेटभित्रको नृत्य प्रस्तुत गरेका थिए । उत्कृष्ट प्रस्तुति गर्ने समूहलाई नगद, ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार गोल्डेन पिक स्कुल, द्वितीय पुरस्कार कस्मिक इन्टरनेशनल एकेडेमी प्राप्त गरेको थियो भने तृतीय पुरस्कार एआइए स्कुलले प्राप्त गरेको थियो । एन्जल लर्ड एकेडेमी, बेदव्यास बोर्डिङ स्कुल, काठमाडौं भ्याली स्कुल, न्यू नलेज स्कुल, नविन ज्योति स्कुल, नेसनल मोडल स्कुल र नेक्सस स्कुल उत्कृष्ट १० विद्यालयमा परेका थिए ।
प्रतियोगितामा उत्कृष्ट पाँच विद्यालय समूहलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । जसअन्तरगत प्रथम स्थान प्राप्त गोल्डेन पिक स्कुलले २० हजार रुपियाँ, द्वितीय स्थान प्राप्त कस्मिक इन्टरनेशनल एकेडेमीले १५ हजार रुपियाँ, तृतीय स्थान प्राप्त एआइए स्कुलले १० हजार रुपियाँ तथा दुई सान्त्वना समूहले जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्राप्त गरेका थिए । यस्तै उत्कृष्ट १० विद्यालय समूहलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।