लण्डन । बेलायतमा बसोबास गर्ने नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले हरेक वर्ष ट्यालेन्ट शो “प्रतिभा नक्षत्र” को आयोजना गर्दै आएको प्रतिभा नक्षत्रको तेस्रो अधिवेशन आगामी डिसेम्बर तेस्रो साता लण्डनमा हुने भएको छ ।
आगामी डिसेम्बर २२ तारिख अर्थात पुस ७ गते लण्डनको वल्र्डवीच, ब्रेसफोर्ड सडकमा रहेको रिभरसाइड भवनमा बिहान ११ बजे अधिवेशनको उद्घाटन समारोह शुरु हुने कार्यबाहक प्रतिभा नक्षत्रका कार्यबाहक अध्यक्ष विजया भण्डारीले जानकारी दिनुभयो ।
अधिवेशनमा प्रतिभा नक्षत्रका सम्पूर्ण सदस्य तथा सरोकारवाला संघ संस्था तथा महानुभावरुलाई उपस्थित भई सहयोग गरिदिन संस्थाले आग्रह गरेको छ ।
Tags:
News