विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्देश्यले यो कार्यक्रम गरिएको भन्दै विद्यालयका निर्देशक कृष्ण प्रसाद गैरेले मतदानस्थल र मतदान केन्द्रको बारेमा सकेजति जानाकारी दिइएको बताउनुभयो ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयमा सिकाइएको थियो ।
यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कम हुने नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको विद्यालयका अर्का निर्देशक खगेश्वर गिरीले बताउनुभयो ।
मतदानस्थलमा प्रवेश गरेदेखि बाहिर निस्कँदासम्म के के गर्नु पर्छ ? भित्र को कुन कुन अवस्थामा हुन्छन् । प्रहरी, स्यमंसेवक, दल र उमेद्वार प्रतिनिधि, नामाबली रुजु गर्ने, मसी लगाउनेको काम र कर्तव्य के हो ? मतपत्र कस्ले दिन्छ ? मतपत्र लिँदा मतदाताले के गर्नुपर्छ ? मतदान अधिकृत, सहायक मतदान अधिकृतले के के गर्छन ? लगायतका विषयमा विद्यार्थीलाई बुझाइएको थियो ।
यस्तै मतपत्र लिएर कहाँ जानुपर्छ ? स्वस्तिक छाप लगाएर मतपत्र कसरी पट्याउनुपर्छ र पट्याएपछि कहाँ खसाउने ? एउटा मात्र मतपत्रमा छाप लगाउनुपर्छ कि अन्यमा पनि ? यि र यस्तै निर्वाचन सम्बन्धि आम चासो विद्यालयमा यथासम्भव जानाकारी दिने प्रयास गरिएको विद्यालयले जनाएको छ ।