काठमाडौं । अब कक्षा आठ सम्मका विद्यार्थीलाई सरकारले दिवा खाजा उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि कक्षा आठ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने भएको हो ।
मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताउनुभएको हो ।
साथै, सरकारले आगामी आवमा विद्यालयको भौतिक अवस्थामा सुधार र विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
Tags:
News