काठमाडौं । अन्तर विद्यालय कविता प्रतियोगिता २०८० मा वानेश्वरको शंखमलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालय उत्कृष्ट बनेका छन् ।
सिफल स्कुलले आयोजना गरेको कविता वाचन प्रतियोगितामा स्थलगत आँशुलेखन गरिएकोमा ६० प्रतियोगीमध्ये संस्कृत माध्यमिक विद्यालय रानीपोखरी प्रथम भएको छ भने अवेरनेस इन्टरनेसनल एकेडेमी एआईए द्वितीय भएको छ । कविता वाचन प्रतियोगितामा स्थलगत आँशुलेखन गरिएको थियो ।
यस्तै व्यक्तिगत प्रतिस्पर्धामा संस्कृत माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत उत्सव ढुङ्गाना प्रथम, संस्कृत माविकै १२ मा अध्ययनरत राजन वाग्ले द्वितीय र एआईएकी स्नेहा पौडेल तृतीय भएकी हुन् ।
Tags:
News