मेरो देश
-स्नेहा पौडेल
अनेकतामा
बिलाउने एकताको मर्म
सेवा
गरी सन्तोष लिने नेपालीको धर्म |
प्रकृतिको
हराभरा हाम्रो सुन्दर देश
खोज्यौं
भने नपाउने यो देशमा के छ ?
हिमालमा
डाँफे देख्दा हाम्रो मन हाँस्छ
तराईमा
प्वाँख फिजाई मयुर चरी नाच्छ |
अमूल्य
छन् जडीबुटी सकिँदैन गनी
गर्व
लाग्छ मेरो देश म नेपाली भनी |
हिमालको
उच्च शिर नेपालीको सान
वलिदानी
वीर पुर्खाको गरौँ सबले मान |
कोइलीको
मिठो बोली कुहुकुहु गाउँदा
हाम्रो
मन गदगद हुन्छ पर्यटक आउँदा
बुद्ध
सीता जन्मिएको प्राचीन देवभूमि
जीव
जन्तु मानव जाति रमाउने झुमी |
भाषा
धर्म संस्कृतिमा देखिन्छ यो धनी
यी
सबैमा आफ्नो संस्कार झल्किएकै छ नि |
कला,
धर्म प्रकृतिले संसारमै बेस
आफ्नै
देशमा श्रम पोखी सिंगार्नु छ देश |
यो
देशका सम्पदालाई जोगाएर जुटौँ
यसको
इज्जत बढाउन एकजुट भई उठौँ |
को
हिमाली को तराई को पहाडी यहाँ !
नेपालीकै
पहिचान रहे पनि जहाँ |
(शंखमूलस्थित अवेरनेस इन्टरनेशनल एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा स्नेहा पौडेलद्वारा रचना र वाचन गरिएको कविता। प्याब्सनमा आबद्ध विद्यालयबाट ५० विद्यालयले सहभागिता जनाएको कार्यक्रममा एआईएबाट सहभागी स्नेहा पौडेलले चौथो स्थान हासिल गर्नुभएको थियो ।)