प्रतिभा प्रस्फुटनमा केन्द्रित प्रतिभा नक्षत्रको नेपाल च्याप्टर स्थापना

काठमाडौं । बेलायतमा रहेका नेपाली बालबालिकाहरुका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्दै आएको प्रतिभा नक्षत्र नेपाल च्याप्टर गठन गरिएको छ ।

प्रतिभा नक्षत्रका परिकल्पनाकार तथा कार्यक्रम संयोजक राजेन्द्र खसको उपस्थितिमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल च्याप्टर गठन गरिएको हो ।

प्रतिभा नक्षत्र नेपाल च्याप्टरको अध्यक्षमा जितेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्षद्धय दिलकुमार गुरुङ र आर्यम नकर्मी, सचिवमा शंकर पाण्डे मुक्ति, कोषाध्यक्षमा अनिता ताम्राकार चयन हुनुभएको छ ।

यसैगरी संस्थाका सदस्यहरुमा डोल्मा शेर्पा, सन्तोष कार्की, इश्वर बहादुर गुरुङ, सुरज श्रेष्ठ, प्रकाश श्रेष्ठ, मून जङ्ग खड्का चयन हुनुभएको छ ।

संस्थाका सल्लाहाकारहरुमा राजेन्द्र खस, निमा दोर्जे सिन्दान, विजय राई, मनिसा डंगोल श्रेष्ठ रहनुभएको सचिव शंकर पाण्डेले बताउनुभयो ।

बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि मात्र नभएर विश्वभर रहेका नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकाहरुलाई नेपाली भाषा, कला र संस्कृतिको जानकारी दिने तथा बालबालिकाहरुको प्रतिभा प्रर्दशन गर्ने उद्देश्यले प्रतिभा नक्षत्र नेपाल च्याप्टरको गठन गरिएको यसका परिकल्पनाकार राजेन्द्र खसले बताउनुभयो ।

Previous Post Next Post