प्रतिभा नक्षत्रले छान्यो कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

लण्डन । बेलायतमा ट्यालेन्ट शो आयोजना गर्दै आएको प्रतिभा नक्षत्रले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बेलायतमा बसोबास गर्ने नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले हरेक वर्ष ट्यालेन्ट शो “प्रतिभा नक्षत्र” को आयोजना गर्दै आएको प्रतिभा नक्षत्रको लण्डनमा सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

लण्डनको वल्र्डवीच, ब्रेसफोर्ड सडकमा रहेको रिभरसाइड भवनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विजया दाहाल भण्डारी, महासचिवमा कर्मा पहाडी शेर्पा, सह–सचिवमाद्धय डा. विना घिमिरे र सत्य प्रजापति निर्वाचित हुनुभएको छ ।

यस्तै कोषाध्यक्ष आस्था जोशÞी, सह–कोषाध्यक्षमा सेवा राई निर्वाचित हुनुभएको छ  भने दिपक मैथाने मगर संस्कृति विभागमा आउनुभएको छ । सदस्यहरुमा दिर्घ केसी, जिवन शाही, सूर्य विक्रम केसी, अर्जुन शाही, प्रकृति श्रेष्ठ, सुरज गिरी, समु भारती, धनजित चौधरी, छविन चौधरी, राजेन्द्र खस, शम्भु गौतम र यूरोप इन्चार्जमा सान्डि भण्डारी रहनुभएको छ ।

बेलायतमा बस्ने नेपालीहरुले स्थापना गरेको संस्था प्रतिभा नक्षत्रले त्यहाँ भएका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले हरेक वर्ष ट्यालेन्ट शो “प्रतिभा नक्षत्र” का साथै मेड इन नेपाल एक्स्पोलगायतका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

Previous Post Next Post