काठमाडौँ । बानेश्वर शंखमुलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।
प्रतियोगितामा ६६ टिमको सहभागिता रहेको छ । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहेको छ । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ५० हजार रुपियाँ खर्च हुने बताइएको छ । तीन दिने प्रतियोगिताका खेलहरू शंखमुलस्थित आयोजकको आफ्नै कोर्टमा जारी छ ।
Tags:
News