निरा श्रेष्ठ
सखारै प्रभातमा पूजाको घण्टी बजाई चेतना जगाउछौ : देवी रूपी तिमी नारी
सम्पूर्णको खानपानको व्यवस्था गर्छौ : अन्नपूर्णा देवी तिमी नारी
घरेलु जिम्मेवारी पूरा गरी आफ्ना सिर्जनशीलतामा लाग्छौ : सरस्वतीको रूप तिमी नारी
दुःख बिरामीमा हेरचाह गर्छौ : विघ्न हरता तिमी, रिद्धि सिद्धि रूपी नारी
आफ्ना सन्तानको पालन अनि पोषण गर्छौ : धर्ती माता देवी तिमी नारी
जेथा को सदुपयोग अनि संरक्षण गर्छौ : लक्ष्मी रूपी तिमी नारी
शब्दमा वर्णन गर्न नसकिने
अपरम्पार तिम्रो गाथा
अनेक रूप तापनि गर्छौ सबैलाई आत्मसात
यस्ती देवी नारीलाई नारी दिवसको अशेष शुभकामना
Tags:
Poem