निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा साइकल वितरण

काठमाडौं । नेपाल भारत मैत्री संघले देशव्यापी निबन्ध प्रतियोगितामा भाग लिने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । नेपाल भारत मैत्री संघ, मधेस प्रदेशको संयोजकत्वमा जलेश्वरमा शुक्रबार सम्मान तथा पुरस्कार वितरण गरिएको हो । महोत्तरीको जलेश्वर स्थित समन्वय समितिको सभाहलमा आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरुलाई प्रमाण पत्र, साईकल तथा सहयोग गर्ने शिक्षकहरुलाई सम्मान गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्ने ४२ जना छात्र÷छात्रालाई सम्मानस्वरूप साइकल वितरण गरिएको छ । सम्मानित हुनेहरुले प्रतियोगितामार्फत “नेपाल भारत मैत्री सम्बन्ध—हिजो, आज र भोली“ शीर्षकमा निबन्ध लेखेका थिए । मधेश प्रदेश अन्तरगत धनुषा र महोत्तरी जिल्लाका बिजेता विद्यार्थीहरु हुन ।

उनीहरुलाई लोकतान्त्रिक समाजवादी पाटीका अध्यक्ष महन्त ठाकुर र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सम्मान गर्नुभएको हो ।

यसबाट विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने विश्वास प्रतियोगिताका परिकल्पनाकार तथा संघका महासचिव उमेश प्रसाद सिँहको छ । निबन्ध प्रतियोगिताले युवा पुस्तामा दुई देशबीचको मित्रताको महत्वबारे गहिरो बुझाइ विकास गरेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक, राजनीतिक र ऐतिहासिक सम्बन्धका विभिन्न आयामहरू सँगै भविष्यमा यो मित्रतालाई अझ प्रगाढ बनाउन सकिने उपायहरूबारे समेत कार्यक्रममा छलफल भएको थियो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख देवी सहाय मीनाले भारत सरकार सधैं नेपालको शिक्षा, संस्कृति र सामाजिक प्रगतिको पक्षमा सकारात्मक सहयोगी रहँदै आएको बताउनुभयो । “नयाँ पुस्ताले नेपाल–भारत सम्बन्धको बहुआयामिक पक्षलाई बुझ्न सकोस् भनेर यस्तो प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ । विद्यार्थीहरूको मनोबल बृद्धि गर्दै मित्रता र विश्वासको नयाँ आयाम विस्तार गर्न भारत सरकारद्वारा साईकल पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो ।

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको भूमि भारत विरुद्धको गतिविधिमा प्रयोग गर्न नदिने बताउनु भयो । “हामिले सहज रुपमा बोल्न पाएको लेख्न पाएको यसमा लोकतान्त्रिक भारतको ठुलो भूमिका रहेको छ । नेपाल भारतको सांस्कृतिक महत्व लगायत बहुआयमिक सम्बन्ध बारे नयाँ जेनरेशनले बुझ्न पाउने छन् । नेपाल भारतको मित्रतापूर्ण सम्बन्धलाई नयाँ आयामले विकसित गर्न हामी गम्भीर हुनुपर्ने उहाँको भनाई छ ।

नेपाल–भारत सम्बन्ध केबल राजनीतिक नभई सामाजिक, सांस्कृतिक, आर्थिक र भावनात्मक स्तरमा समेत घनिष्ठ रहेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, मानव संशाधन विकास लगायतका क्षेत्रमा भारत सरकारको सहयोग नेपाली जनताले सधैं अनुभव गर्दै आएका छन् । दुई देशका युवाबीच आपसी समझदारी र सहयोगलाई अझ प्रगाढ बनाउने विश्वास रहेको नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष ई. शैलेन्द्र मोहन झाले विश्वाश व्यक्त गर्नुभएको छ ।

कार्यक्रम श्री संकटमोचन मा.वि.मा असार २८ गते (जुलाई ९) मा सम्पन्न भएको हो । विद्यार्थीको क्षमता बृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा विद्यार्थीले नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक, राजनीतिक र ऐतिहासिक सम्बन्धका विविध आयामहरूमाथि गहिरो अनुसन्धानगरी निबन्ध लेखेका थिए ।

नेपाल भारत मैत्री संघका प्रतिनिधिहरूले दुई राष्ट्रबीचको मित्रतालाई अझ सुदृढ बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएका छन् । प्रतियोगिताले भावी पुस्तालाई नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धको महत्व बुझाउन मद्दत पुग्ने विश्वास सहति कार्यक्रमको आयोजना मैत्री संघको छ ।

नेपाल भारत मैत्री संघद्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा संघका केन्द्रिय, प्रदेश तथा जिल्ला स्तरका पदाधिकारी सहित शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Previous Post Next Post