काठमाडौं । नेपाल स्वास्थ्यकर्मी यूनियन जिल्ला कार्यसमिति काठमाडौंले शारदा अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
राष्ट्रिय स्तरको स्वास्थ्यकमी ट्रेडयुनियनको राजधानीमा सम्पन्न चौंथो जिल्ला अधिवेशनले उपाध्यक्षमा उर्मिला कार्की र भिम प्रसाद घिमिरे, सचिवमा राधा आचार्य, कोषाध्यक्षमा विनिता भद्राई, सहसचिवमा अप्सरा रिजाल, सहकोषाध्यक्षमा सकुन्तला भट्टराई निर्वाचित हुनुभएको छ ।
यसैगरी यूनियनका सदस्यहरुमा संगिता वुढाथोकी, फणिन्द्र ज्ञवाली, निमा अर्याल, रुपा केसी, शान्ति के.सी (अधिकारी), श्रृजना गिरी, विन्दु शर्मा, प्रमिला पौडेल (खड्का), सरिता शर्मा, प्रेग बहादुर खड्का, शान्ता कटुवाल, शान्ती बोगटी निर्वाथित हुनुभएको छ ।
Tags:
News