नवराज लामिछाने
संस्कृतको तिथीवाचक तृतीया शब्द प्राकृत भाषामा तीइज्जा हुँदै त्यसैको अपभ्रंस रुप “तीइज्ज” बाट नेपाली भाषामा तीज शब्द विकास भएको मानिन्छ । यसरी हेर्दा तीज शब्दले भाद्र शुक्ल तृतीया तीथिको दिनलाई बुँझाउँदै आएको पाइन्छ ।
“हरिता सखिभी । पार्वती यस्याम तिथौ सा हरितालिका ।” यस व्यूतपत्ति अनुसार पार्वतीलाई उनका साथीहरुले भाद्र शुक्ल तृतीयाका दिन वनमा हरण गरेर लगेकाले यस दिनको नाम हरितालिका रहन गएको तथ्य भविष्योत्तर पुराणमा पाइन्छ । यसरी हेर्दा तीज यो शब्दले भाद्र शुक्ल तृतीयाको दिनलाई स्पष्ट संकेत गरेको देखिन्छ ।
पार्वतीको विवाह नारदमुनीको अनुरोधमा उनका मातापिता मेनका र हिमालय पर्वतले विष्णुसँग गरिदिने निधो पार्वतीले सुनेपछि आफना साथीसँगीहरुसँग भागेर वनमा गई महादेवको पुजा आराधना गरी महादेव प्रशन्न भई पावर्तीले महादेव पति हुने वर पाएको दिनका रुपमा भाद्र शुक्ल तृतीया वा तिजलाई भविष्योत्तर पुराणमा लिएको पाइन्छ ।
शिव पार्वतीलाई स्वयंवेदले जगतका मातापिता मानेको देखिन्छ । यसकारण स्वयं माता पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी महादेव पतिका रुपमा पाएकाले तीजको प्राचिनता स्वत: सिद्घ हुन्छ । अर्थात यी तथ्यहरुबाट तीज व्रतको परम्परा पार्वतीबाट प्रारम्भ भएकाले तीज व्रतलाई आदिम व्रतका रुपमा लिन सकिन्छ ।
तत्कालिन समाजमा पार्वतीले सो व्रतबाट आफुले आफुलृ वर्न चाहेको पुरुषलाई आफनो वरका रुपमा पाएको देखिेपछि अन्य नारीहरुले पनि योग्य वर प्राप्तिका लागि यस तीज व्रतलाई अवलम्बन गर्दै आउँदा यो व्रत आज पनि नेपाली समाजमा उत्तिकै जीवन्त व्रतका रुपमा देख्न सकिन्छ ।
सबै हाम्रा पूवीय पौराणिक धामिर्क ग्रन्थहरुमा योग्य वर प्राप्तिका लागि नारीले तीज व्रतको उपासना गर्नुपर्ने कुरा एकै कण्ठले उल्लेख गरेको पाइन्छ ।
यस व्रतले महिलाको रजस्वला जनित दोषलाई पनि निवारण गर्ने मत भविष्योत्तर पुराणमा पाइन्छ । पौराणिक नारी पात्र जयश्री रजस्वला भएकी थिइन । यसलाई उनले वास्ता गरिनन् । सबैतिर उनले छोइन । यस दोषले उनी कुकुर्नी भएर जन्मिइन भने उनका पति सुमित चाहीँ गोरु भएर जन्मिन पुगे भन्न रजस्वलाजनित दोषका कथाहरु, पुराणहरुमा आएका देखिन्छन् । यस प्रकारको दोष पनि तिज व्रतको प्रभावले नष्ट हुन्छ भन्नका लागि पुराणमा ती कथाहरु ल्याइएका हुन ।
अरुन्धती सहित कश्यपआदि सप्तऋषिको भाद्र शुक्ल पञ्चमीका दिन पुजा गर्नाले नारीको रजस्वाला जनित सम्पूर्ण दोष नष्ट भई उनीहरु शुद्घ हुन्छ भन्ने मान्यता पाइन्छ । भाद्र शुक्ला पञ्चमीलाई ऋषि पञ्चमी पनि भनिन्छ । यस दिन नारीहरुले अरुन्धती पहित सप्तऋषिको पुजा गर्नाले ब्रम्हाद्घारा द्घन्द्घको वृत्तासुरको वधको ब्रम्हत्या हटाउन नारीहरुमा पनि जुन एक अंश ब्रहमहत्या चार दिने रजमा हालिदिए त्यो दोष हट्दछ भन्ने मान्यता पाइन्छ ।
यो व्रत भाद्र शुक्ल दितीयबाट शुरु भई भाद्र शुक्ल पञ्चमीमा समापन हुन्छ । द्घितीयामा दर खाइन्छ, तृतीया नै तीज वा मुख्य व्रतको दिन हो । यसदिनलाई नारीहरुले आफुले चाहेको वर आफैले छान्न पाउनुपर्छ भनेर अनसन बसेको दिनका रुपमा पनि लिन सकिन्छ । चौंथीलाई पारायण वा पार्ना भनिन्छ । पञ्चमीलाई ऋषि पञ्चमी भनिन्छ ।
(लेखक इतिहास पुराणविद तथा संस्कृतिविद हुनुहुन्छ ।)