–शोभा कोइराला
(लयः माझी दाई पोखरा फेवातालको लाउ माया साँच्चैको नलाम भो ख्याल ख्यालको ।)
फर्सी खेती लोकगीत
खुकुलो र दोमट माटो फर्सीलाइ राम्रो ।
फर्सी खेतीमा राम्रो छ भविष्य है हाम्रो ।।
फर्सी खेती कृषि क्रान्ति अबको निकास ।
फर्सीले नै गर्ने छ, है यो देशको विकास ।।
पौष्टिक तत्व धेरै हुन्छ पाइन्छ एक मुष्ठ ।
फर्सी खाने मान्छे पनि हुन्छ हृष्ट पुष्ट ।।
मधुमेह निको पार्छ, निको पार्छ अल्सर ।
फर्सी खाने मन्छेलाई कहिल्यै हुन्न क्यान्सर ।।
एकछिन हेर्न मन लाग्या छ हुदैन नि बेर त ।
पक्कै फर्सी खाको होला कति राम्रो हैर त ।।
लाम्चो फर्सी गोलो फर्सी, फसी कति थरी
फर्सी खाउ आयु बढाउ अमृत खाए सरी
######
Tags:
Poem