मलाई सडकमा नै फाल्ने भए,
तिमीले किन जन्माएको आमा ?
भोको पेट र आँशुको सवालले,
मन फाटी सक्यो मेरी आमा ।
कहाँ छन् त मेरा आमा, बुवा,
भाइ, बहिनी, दिदी र आफन्त ।
के भएर यो शहरको सडकमा,
म आइ पुगेँ भनी देउ न आमा ।
यहाँ धर्तिको चिसो काख छ ,
श्रृष्टिको खुला आकाश छ ।
म पनि त मानिस नै हुँ ।
मेरो पनि त अधिकार छ ।
मेरो के कसुर थियो र ?
सडकमै बस्न जानु पर्ने ।
यति ठुलो संसारमा कसले,
मेरो बारेमा सोची दिने ।
संगिता कार्की, बिरेन्द्रनगर सुर्खेत
Tags:
Poem